×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

१९ पुष २०७७

१९ पुस, दोलखा ।

कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ ।

Advertisement
Advertisement

वार्षिक लाखौं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीहरुमा उत्साह थपिएको हो । अङ्गे्रजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा हजारौँको सङ्ख्यामा पर्यटकको आगमन भएको छ । दश महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अङ्ग्रेजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए ।

दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करिब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बताए । दुई दिनमा करिब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ । चरिकोटदेखि १७ किलोमिटरको दूरीमा यातायातमार्फत सहज तरिकाले कुरी बजारसम्म पुग्न सकिने र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ ।

हिमाली जिल्ला दोलखा तराईका जिल्लासँग छोटो दूरीको सडक सञ्जालमार्फत सहज तरिकाले जोडिएसँगै कालिञ्चोक क्षेत्रमा तराई मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएका कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको चरिकोटका पर्यटन व्यवसायी दावा लामाले बताए ।

पर्यटनलाई लक्षित गरी करोडौंको लगानीमा कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालनमा आएका सयौँ होटल लामो समयदेखि बन्द हुँदा व्यवसायी चिन्तित बनेका थिए । पर्यटकको चहलपहल शुरु भएसँगै व्यापार व्यवसायसमेत सञ्चालन हुने भएको हुँदा आफूहरु उत्साहित भएको त्रिपुरा रिसोर्टका सञ्चालक चन्द्र लामाले बताए । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करीब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको माग सम्बोधन गर्ने गरी कालिञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको होटल सुनपातीका सञ्चालक व्यवसायी हरि ओलीले बताए ।

समुन्द्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न तथा हिउँमा रमाउनका लागि पर्यटक कालिञ्चोक पुग्ने गर्दछन् । हिउँदका समयमा अधिकांश समय हिउँ पर्ने भए पनि यस वर्ष जिल्लको अधिकांश क्षेत्रमा हिमपात भएको छैन ।

Advertisement

हिउँदका समयमा प्राय हिँउ पर्ने हुँदा हिउँमा खेलिने साहसिक खेल स्की खेलनका लागिसमेत पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन् । यस क्षेत्रबाट हिउँको रमाइलोसँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमश्रृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन पनि गर्न सकिन्छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top