×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

२० पुष २०७७

२० पुस, कैलाली ।

निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने आशा स्थानीयवासीमा जागेको हो । स्थानीय शिक्षक गोविन्द ओझाले मेडिकल कलेज सञ्चालन हुने अवस्था देखिँदा प्रदेशमा मेडिकल शिक्षामा समृद्धि आउने विश्वास व्यक्त गरे।

Advertisement

“यसले मेडिकल पढ्ने मात्र नभइ गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्नमा समेत योगदान पुर्याउने आशा छ”, ओझाले भने, “कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्ने छ ।” साविकको सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेन्ड डा.गणेशबहादुर सिंह कलेज सञ्चालन हुँदा प्रदेशको समग्र विकासका लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्छन् ।

“विगतमा सीमित व्यक्तिले मात्रै छात्रवृत्तिमार्फत् मेडिकल शिक्षा पढ्न पाउँथे, कतिपय व्यक्ति आफ्नै खर्चमा पढ्न विदेश जान्थे”, उनले भने, “गेटा मेडिकल कलेज सञ्चालनबाट आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहनेको सपना पूरा हुने भई मेडिकल शिक्षामा क्रान्ति नै हुने सम्भावना छ ।”

निर्माणाधीन उक्त मेडिकल कलेजका अधिकांश संरचना चालू आर्थिक वर्षभित्र पूरा हुन लागेका छन् । “चालू वर्षभित्रै सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौं, कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भने, “अहिलेसम्म औषतमा ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ ।”

प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको गेटा मेडिकल कलेज सरकारको प्राथमिकता प्राप्त आयोजना हो । निर्माण शुरु गरिँदा रु आठ अर्ब ३४ करोड लागत अनुमान रहेको सो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ ।

शुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योलता सिर्जना देखिएको थियो । पछिल्ला वर्षमा कलेजका संरचना निर्माण कार्यले गति लिएपछि भने छिट्टै कलेज सञ्चालनमा आउने आशामा स्थानीयवासी छन् । स्थानीयवासी मानबहादुर चौधरीले कलेजका भवन संरचना निर्माण काम धमाधम भइरहँदा छिटो पठनपाठन हुनेमा आशा जागेको बताए ।

सरकारले विसं २०६६ मा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने चार वर्षअघि मात्रै शुरु भएको थियो । अहिलेसम्म कलेज भवनको निर्माण पूरा भइसकेको छ । अस्पताल भवन र प्रशासनिक भवनको काम ९५ प्रतिशत पूरा भएको छ । छात्रावास भवनको ८० प्रतिशत र आवास गृहको काम ५० प्रतिशत सकिएको छ । निर्माणस्थलमा विभिन्न २४ संरचना निर्माणधीन छन् ।

आगामी फागुनसम्म पानी, विद्युत, फोहर व्यवस्थापनलगायतका काम शुरु गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माण स्थलको उत्तरतर्फ रहेको नदी नियन्त्रणको काम पनि भइरहेको छ ।

छ सय श्ययाको निर्माण गर्ने लक्ष्य

कलेजका अस्पताल भवनलगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार के.एस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन् । संरचना निर्माण कार्य अन्तिमचरणमा पुगेको भए पनि कलेजलाई कुन प्रारुप (मोडेल) मा सञ्चालन गर्ने भन्ने विषयमा टुङ्गो लाग्न भने बाँकी छ ।

नेपाल सरकारले कलेज सञ्चालनको प्रारुपका बारेमा विधेयक तयार पारेर यसअघि नै कानूनी परामर्श गरिसकेको जनाएको छ । कार्यकारी निर्देशक साउदले भने, “कुन प्रारुपमा कलेज सञ्चालन गर्ने भन्ने टुङ्गो नलाग्दासम्म तत्कालका लागि वैकल्पिक व्यवस्था गरेर भए पनि कलेज सञ्चालन गर्न सकिन्छ ।” संरचना निर्माणको काम पूरा भएपछि आगामी आर्थिक वर्षदेखि अस्पताल सञ्चालन सँगसँगै पठनपाठन शुरु गर्न सकिने देखिएको छ ।

एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानअन्तर्गत कलेज सञ्चालन हुने सम्भावना रहेको बताइएको छ । कलेज निर्माणका लागि सरकारले छुट्याइएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइलगायतका कारणले शुरुको अवस्थामा कलेज निर्माण सम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।

Advertisement

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । उनीहरुलाई अन्यत्र पुनस्र्थापन गराउनका लागि पहल थालिएको छ । मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्गतको ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ ।–सिद्धराज भट्ट/रासस

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top