×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

विश्वका ५० सहरमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं एक नम्बरमा

२१ पौष, काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

Advertisement
Advertisement

वातावरणविद् भूषण तुलाधरले मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको बताए । “सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ”, तुलाधरले कान्तिपुरसित भने, “चिसोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन ।” ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ।’

उनका अनुसार जाडो (हिउँद) मा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ। जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । विज्ञहरूका अनुसार जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो । “काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ”, तुलाधरले भने ।

अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ । “विगतका वर्षहरूमा पनि चिसोको समयमा काठमाडौंमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरेको थियो,’ स्वच्छ ऊर्जा नेपालका शंकरप्रसाद शर्माले भने, ‘अब आउने २–३ महिना काठमाडौंको वायु प्रदूषण हृवात्तै बढ्ने निश्चित छ ।’

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार जाडोयाममा काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

Advertisement

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् । कान्तिपुर दैनिकबाट साभार ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top