ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउँछः ईश्वर पोखरेल

ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउँछः ईश्वर पोखरेल

२४ पुस, काठमाडाैँ ।

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका हुन् ।

उनले सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्य चिन्ह आफूहरुको नै हुने बताए । यदी कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.