×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

प्रतिनिधि सभा विघटनकाे पक्ष विपक्षमा राष्ट्रिय सभा सदस्यहरुको जुहारी

२४ पुस, काठमाडाैँ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाडिएका छन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीको लागि राम्रो हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षी लगायतले जनतामा जान खुट्टा कमाएको उनको भनाई छ । संवैधानिक इजलाशमा गएपछि यो विषय संवैधानिक भएको उनले टिप्पणी गरे । प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको उनको जिकिर छ ।

Advertisement
Advertisement

राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा(पार्वती)ले सरकारलाई पार्टी भित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक्ने प्रयास भएको बताइन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई अभियोगपत्र दर्ता गराउनु लगायतको कामले यस्तो अवस्था आएको उनको तर्क छ । जनताको बिचमा जाने कुरा प्रजातन्त्रको मुल्य, मान्यता र आदेश भएको उनले बताइन । सडकमा जानुभन्दा जनताको बीचमा जानु नै ठीक भएको उनले टिप्पणी गरिन् ।

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले प्रधानमन्त्रीको तीन वर्षे कार्यकालमा बजेट ल्याउँदा, नीति कार्यक्रम ल्याउँदा कतै बाधा व्यवधान नगरिएको बताए । सरकारलाई काम गर्न नदिएको भन्नेकुरा तथ्यले कतैपनि प्रमाणित नगर्ने उनको भनाई छ । प्रधानमन्त्रीले असंवैधानिक तथा प्रतिगामी कदम चालेको उनले बताए ।

राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले सरकारले असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति तथा विरोध रहेको बताए ।

राष्ट्रिय सभा सदस्य विमला घिमिरले कानुनी सर्वोच्चताको ख्याल नगरी सर्वोच्च अदालतमा रहेको संसद विघटनको विषयमा सडकमा नारा लगाउनु जायज नभएको बताए । सरकारले गरेको कामको अपव्याख्या भएको उनको भनाई छ ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले राज्यका सबै अंगहरुमाथि अनावश्यक शका गरिएको बताइन् । सरकार, संसद, अदालत, निर्वाचन आयोगमाथि शंका गर्नेहरुले नै सरकारलाई सर्वसत्तावादी भनेको उनले बताइन् । संविधानको व्याख्या गर्ने जिम्मा अदालतलाई दिएकाले अदालतको निर्णय स्वीकार गर्ने उनको भनाई छ ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सर्वोच्च अदालतलाई प्रभावित हुनेगरी प्रस्तुत हुन जरुरी नरहेको बताइन् । सर्वोच्च अदालतले यसको निरुपण गर्ने सम्बन्धमा गरेको फैसला आत्मसात् गर्ने उनको भनाई छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिको मुख्य केन्द्रमा यही विषय परेको छ । पौष १७ गतेदेखि प्रारम्भ भएको राष्ट्रिय सभाको यस अधिवेशनमा पनि हरेक बैठकमा प्रधानमन्त्रीको कदमको पक्ष र विपक्षमा राष्ट्रिय सभा सदस्यहरु उभिएका छन् । शुक्रबारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा उभिदै आफ्नो धारणा राखेका हुन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top