×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

भारत गएका प्रचण्डमाथि निर्मम प्रहार (भिडियो)

२४ पुष, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन ।उनको मुम्बईस्थित ‘न्यूरोगन ब्रे एण्ड स्पाइनल इन्स्टिच्युट’मा उपचार भइरहेको छ ।

नेकपा अध्यक्ष प्रचण्ड भारत गएपनि नेकपा फुटमा नयाँ मोड आउने आशंकाहरु व्यक्त भइरहेका छन् । कहिले भारत विरोधी त कहिले भारतको नजिक देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डकै मत बाझिएका बेला भारत गएका प्रचण्डले राजनीतिक भेटघाट गर्न सक्ने र उनि नेपाल फर्किएपछि नयाँ शक्ति संघर्ष सुरु हुन सक्ने आशंका नेकपाकै नेताहरुको छ । तर प्रचण्डलाई भारतमा नेताहरुले भेट दिन इन्कार गरेको खबरहरु बाहिरिएका छन् । भारतका प्रधानमन्त्री मोदीलाई सुझाव दिन हैसियत राख्ने सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष तथा महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारीले भेट्न मानेनन् । भारतीय सञ्चारमाध्यमहरुको दाबी छ कि कोसियारीले प्रचण्डसँग अन्तिम समयमा भेट्न नमानेका हुन् । यसअघि पूर्व विदेशसचिव श्यामशरणले एउटा लेखमार्फत ओलीलाई साथ दिन नहुने भन्दै घुमाउरो तरिकाले प्रचण्डलाई नै साथ दिनुपर्ने भनेका थिए । सोही भनाईका आधारमा पनि दाहालको भारत बसाइमा राजनीतिक तानाबाना बुनिनसक्ने आकलन भइरहेको थियो तर भाजपाका नेताले नै प्रचण्डसँग भेट गर्न मानेनन् । यस्तै भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल संस्थापक निर्देशक रहेको विवेकानन्द फाउण्डेशनको वेवसाइटमा प्रकाशित लेखमा नेपालको वर्तमान मामिलामा भारतले तटस्थ भूमिका निभाउनुपर्ने सुझाव दिइएको छ । जेएनयूकी प्राध्यापक संगिता थपलियालले लेखेको लेखमा वर्तमान अवस्थामा भारतले नेपालको कुनैपनि राजनीतिक खेलाडीको पक्ष लिन नहुने सुझाव छ । नेकपा विवाद चर्किएपछि भारत र चीन दुवैले हस्तक्षेप गरेको कुरा लुक्न सकेको छैन । नेकपालाई मिलाउन नसकेर भर्खरै मात्र चिनियाँ टोली फर्किएको छ । जुन कदमको भारतीय कुटनीतिक अधिकारीले खुलेर कटाक्ष गरेका छन । लगत्तै व्यक्तिगत कारणले नै भएपनि भारत गएका प्रचण्डले राजनीतिक भेटघाट गर्ने नेपालका नेताहरुको आशंका छ । ओली भारत विरोधी र चीनको पक्षपोषक रुपमा भारतमा आलोचित छन् । तर एमसीसी प्रकरणमा भने ओली चीनको पक्षमा देखिएका छैनन् ।

Advertisement
Advertisement

यता नेपालमा संसद विघटनपछि देशभित्र तिब्र आलोचना खेपिरहेका छन् । यहि बेला भारत गएका प्रचण्डले भारत गएर अनेक तानाबाना बुन्न सक्ने नेकपा भित्रका उनकै समूह र ओली समूहकै नेताहरुले अनुमान गरेका छन् । सामाजिक सञ्जालमा पुष्पकमल दाहाललाई पुष्पकाल लेखेरपछि माफी मागेका पूर्वमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले लेखेका छन्– कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटो समाउने निश्चित छ । पत्नीको स्वास्थ्योपचारका लागि भारत गएका प्रचण्डले भारतमा देशविरुद्धका गतिविधि गरेर फर्किनसक्ने बाँस्कोटाको आँकलन छ । प्रधानमन्त्री ओलीको पक्षपोषकका रुपमा सँधै देखिने गरेका बाँस्कोटाले यो भनाई प्रचण्डको भारत भ्रमणप्रति बालुवाटारको आशंकाको संकेत पनि हो । यद्यपी प्रचण्डको भारत बसाईका क्रममा हुने आशंका गरेको तानाबाना के हो, यो भने प्रष्ट्याएका छै्रनन । नेपालमा राजनीतिक हस्तक्षेप गर्ने भनेर आरोपित हुने भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा भने सामान्य प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयले पछिल्लो घटनाक्रमलाई नोटमा राखेको भन्दै आन्तरिक मामला भन्दै पन्छिएको देखाएको छ । साथै उसले तत्काल प्रधानमन्त्री ओली र प्रचण्ड कसैको साथ दिएको देखाएको छैन । तर परराष्ट्र मन्त्रीको भारत भ्रमण तय गरेर ओली सरकारलाई भारतले हरियो झन्डा भने झुकाई सकेको छ । पत्नीको स्वास्थ्योपचारको उद्धेश्यले भारत गएका प्रचण्डमाथि नेकपाका नेताहरुले किन गरे यस्तो निर्मम प्रहार ? के उनि भारत राजनीतिक उद्धेश्य लिएर गएका हुन् ? वा पशुपतिको यात्रा माछाको ब्यापार भने झै नेता बाँस्कोटाले भनेजस्तै देशविरुद्ध तानाबाना बुन्न लागेका हुन् त ? भारतीय नेताले प्रचण्डसँग भेट गर्न अस्विकार गरेको खबरहरु सार्वजनिक भइरहँदा प्रचण्डमाथि भने उनकै सहकर्मीहरुले आशंका गर्दै प्रचण्डलाई भारतको इशारामा चल्ने भनेर पुष्टि गर्न खोजेका छन् । भारत मात्र होइन चीन, अमेरिका लगायतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने क्रम बाक्लिँदा भारत पुगेका प्रचण्डमाथि देश विरुद्ध तानाबाना बुन्न सक्ने भनि गरिएको गम्भिर आशंका नेताहरुप्रति नै सोझिएको छ । यसले विदेशी भूमिमा देशकाविरुद्ध तानाबाना बुनिदा रहेछन् भन्ने कुरा पनि दर्शाउँदछ ।

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top