विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम, जेठ १८
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।

केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थीसमेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए ।

उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेको छ ।

गत मंगलबार र बुधबारमात्रै मुर्छामा परेका करीब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.