जी न्युजकाे अन्तर्वार्ता ओलीकाे नाटक मात्र हाे : प्रचण्ड

जी न्युजकाे अन्तर्वार्ता ओलीकाे नाटक मात्र हाे : प्रचण्ड

२९ पुस, काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकाे जी न्युजसँगकाे अन्तर्वार्ता नाटकमात्र भएकाे बताएका छन् ।

बुधबार काठमाडाैंमा वागमती प्रदेशस्तरीय कार्यकर्ता भेला संबाेधनका क्रममा प्रचण्डले जी न्युजसँगकाे अन्तर्वार्ता नाटकमात्र भएकाे बताएका हुन् ।

‘त्यो नाटक नै हाे, त्याे नाटक हाे भन्ने थाहा भइसक्याे अब सगरमाथाकाे नाम परिवर्तन गर्ने रे त्याे पनि जी न्युजले । याे के नाटक देख्दैछाैँ तपाईँ हामी’ उनले भने ।

असारमा बसेको केन्द्रीय कमिटीको बैठकमा भारतले आफूलाई हटाउन खोजेको ओलीले बताएको प्रचण्डले स्मरण गराए। ‘भारतले भन्दैमा हटाउने हो र भन्दै हामीले हटाएनौं त्यतिबेला,’ प्रचण्डले भने। प्रतिनिधि सभा भंग र निर्वाचन भारतको इसारामा भएको नेपाली जनताको आशंकाप्रति प्रचण्डले ओलीको जवाफ मागे।

‘अपारदर्शी तरिका अपनाएर भारतीय दूत भेटेको त हाम्रो जनताले हेरेकै छन्,’ प्रचण्डले आक्रोश पोखे। प्रचण्डले पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरेका थिए । तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

अध्यक्ष प्रचण्डले ओली समूहलाई राजनीतिक जोकरको संज्ञासमेत दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.