एमालेमा फर्कने बाटो बन्द ! (भिडियो)

१ माघ, काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद चर्किरहेका बेला गत भदौमा निर्वाचन आयोगमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता भयो । एमाले आयोगमा दर्ता भएपछि पार्टीभित्र खैलाबैला मच्चियो ।

Advertisement

सन्ध्या तिवारी अध्यक्ष र मनिषकुमार उपाध्याय महासचिव रहेको सो पार्टी एकिकृत पार्टी नेकपा फुटाउन अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भनेर पार्टी भित्र तिब्र आलोचना भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले प्रधानमन्त्री समेत रहेका ओलीको निर्देशनमा एमाले दर्ता गरेको भन्दै चर्को विरोध गरे । नेकपाको आन्तरिक कलह सुल्झेसँगै सामसुम भएको सो विवाद अहिले नेकपा अनौपचारिक रुपमा फुट्दा फेरी उल्झेको छ । नेकपा विभाजनको संघारमा रहेको बेला डाँडामा उदाउँदो सूर्य चिन्ह राखेर दर्ता भएको सो पार्टी प्रधानमन्त्री ओलीले नै दर्ता गर्न लगाएको अध्यक्ष प्रचण्डको दाबी छ ।

नेकपा अनौपचारिक विभाजनपछि वैधानिकता कुरिरहेका दुवै समूह नेकपाको वैध आफू रहेको दाबी गरिरहेका छन । कार्यकर्ता माझ वैद्यता सिद्ध गर्नका लागि सार्वजनिक समारोहका अभिब्यक्तिमा एकले अर्का पक्षलाई अवैद्य करार दिइरहेका छन । निर्वाचन आयोगले फुटपछि नेकपाको एउटा समूहलाई वैधानिकता दिँदा अर्को समूह नेकपा एमाले मै फर्कन्छ भन्ने कतिपयको अनुमान छ । तर नेकपा एमाले यसअघि नै दर्ता भइसकेकाले नेकपा एमाले तर्फको बाटो बन्द भएको छ । ओलीले योजनाबद्ध ढंगले पार्टी फुटाउन आफ्नै निर्देशनमा नेकपा एमाले दर्ता गराएको आरोप सही ठहरिएर ओली समूहले नेकपाको वैधानिकता पाए भने नेकपाको दाहाल–नेपाल समूहलाई नेकपा एमाले मै फर्कने बाटो पनि बन्द भएको छ । यस्तो निर्णय आए दाहाल नेपाल पक्षको एमाले र नेकपासँगको सम्वन्ध तोडिने मात्रै छैन । नयाँ पार्टीले नयाँ शिराबाट काम अघि बढाउनुपर्ने छ । तर यदि ओली समूहले आधिकारिकतामा नेकपा गुमाएपनि एमाले भने सुरक्षित गरिसकेकाले सुर्य र एमालेसँगको सम्बन्ध यथावत रहनेछ । आधिकारिकता नठहरिए सो समूहले पार्टीको भौतिक तथा आर्थिक सम्पत्तिबाट भने सधैका लागि हात धुनुपर्ने हुन सक्नेछ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top