पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीका घरमा

४ माघ ७७, सोमबार

५ माघ, काठमाडौं ।
पशुपति पुस्तकालयमा रहेका पूर्वीय दर्शनसँग सम्बन्धित महत्वपूर्ण करिब २०० पुस्तकहरु अहिले भेटिँदैनन्।

ती पुस्तक पढ्न भनेर लगेका पूर्व पदाधिकारीहरुले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन्। पशुपति क्षेत्रमा रहेको पुस्तकालयमा रहेका पाँच हजारमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्व पदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन्।

ती पुस्तक पूर्व पदाधिकारीको घरैमा गएर फिर्ता ल्याउने योजना रहेको खतिवडाको भनाइ छ। “ती पुस्तक घरघरमै गएर सङ्कलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौँ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौँ”, खतिवडा भन्छन्।

Advertisement

कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो। कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ। वेद विद्याश्रममा अध्ययन गरेर हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरेले त्यहाँ २० वर्ष बिताइसकेका छन्। यो अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको उनी बताउँछन्।

नेपाल वेद विद्याश्रमले २०३१ सालमा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो। २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ। कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो।

Advertisement

२०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायः जसो बन्द रहने गरेको थियो। पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने भए पनि उनीहरुका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ।

 पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन्। शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन। (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top