प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

८ माघ, काठमाडौँ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको अर्को सुनुवाइ हेर्दाहेर्दैमा शुक्रवार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक तर्फका कानुन व्यवसायीको बहस जारी रहेकाले हेर्दाहेर्दैमा अर्को सुनवाइ शुक्रवार हुने भएको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अधिवक्ता टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेललगायतले संविधानको मनसाय विपरीत प्रधानमन्त्रीले अन्य मुलुकको संसदीय अभ्यासलाई देखाएर प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए।

बहसमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय राजपत्रमा सूचना प्रकाशित नभएको विषय उठाएपछि इजलासले सरकारी पक्षसँग राजपत्रको सूचना समेत मगाएको छ ।

संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ गरिरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ ।

भर्खरको समाचार

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

सम्बन्धित समाचार

Scroll to Top