दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(राजपत्र खोजियो)
अधिवक्ताहरुले प्रश्न उठाएपछि संवैधानिक इजालसद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग/ बहस गर्न ढिलो नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिए ।

२.(चलचित्रको तमासा)
नेकपाको दाहाल–नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएर देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको प्रधानमन्त्री ओलीको आरोप/केही सञ्चार माध्यमले झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको उल्लेख ।

३.(आवेगको बोली)
केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालको घोषणा/ओली २०७१ देखि पूर्वएमालेका लागि पनि घाँडै भएको र पार्टी एकिकरण पछि पनि घाँडै भएको तर्क ।

४.(प्रर्दशनको स्वरुप)
प्रतिनिधि सभा विघटनविरुद्द शुक्रबार काठमाडौँमा नेकपाले गर्ने विरोध सभा शान्तिपूर्ण हुने विरोध कार्यक्रमका सह–संयोजक योगेश भट्टराईको भनाई/प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्ष जारी रहने नारायणकाजी श्रेष्ठको भनाई ।

५.(बालुवाटारमा खोप)
भारतले अनुदानमा दिएको कोरोनाविरुद्दको १० लाख डोज खोप भारतीय राजदूत विनयमोहन कोत्राद्वारा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण /खोप १० दिनमा वितरण गर्ने र आगामी दिनमा पारदर्शी ढंगले खोप खरिद गर्ने स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीको भनाइ ।

६.(संक्रमणको समय)
नेपालमा आज ३ सय ३६ कोरोना संक्रमित थपिँदा २ सय २६ डिस्चार्ज भए/देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ पुग्दा कोरोनाबाट हालसम्म १९ सय ७९ जनाको मृत्यु ।

७.(उखु भित्रको पीडा)
सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता पालना नगरेपछि उखु किसानद्वारा आन्दोलनको घोषणा/किसानले भुक्तानी पाउनुपर्ने रकम तत्काल सार्वजनिक गर्न माग ।

८.(निर्वाध लाइसेन्स)
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबारदेखि हट्ने / परीक्षाका लागि एसएमएस सेवा भने प्राविधिक कारण बन्द रहेकाले रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने ।

९.(विदेशी चासो)
चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा नेपालसँग भएका केही सम्झौताहरुको बारेमा नेपाललाई अमेरिकाको प्रश्न/सीमा व्यवस्थापन प्रणाली, पारस्परिक कानुनी सहायता सम्झौता र सुपुर्दगी सन्धिकोे बारेमा चासो ।

१०.(कर्मको फल)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ /मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भनिएका डिबी सिलवाल भनिने धनबहादुर विक प्रहरी नियन्त्रणमा ।

११.(बुझि नसक्नुको भारत)
काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतद्वारा महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण कार्य जारी /सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिको खुलेआम उल्लघंन ।

१२.(इजरायल जाने हो ?)
अब नेपाली कामदारलाइ इजरायलमा वैदेशिक रोजगारीमा पठाउन सकिने/तत्काललाई नेपाली ५ सय कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी दुई देशबीच सम्झौता ।

१३.(खेल खबर)
नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मा अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई/नेपालको एक दिवसीयको मान्यतालाई जोगाई राख्न प्रयास गर्ने वाटमोरको भनाई/राष्ट्रिय महिला लिग फुटबलमा वालिङ र विराटनगर बराबरी खेल्दा एपिएफले रौतहटलाई ६–० ले हरायो ।

१४.(पिएम कपमा आज)
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनले पराजित / विहीबारकै अर्को खेलमा एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।

र,

१५.(कोरोनाविरुद्धका अड्चन)
कोरोना खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा लागेको आगलागी नियन्त्रणमा/भारतमा झन्डै ६ सय जनामा देखिएको कोरोना खोपको साइड इफेक्ट सामान्य रहेको भारतका स्वास्थमन्त्री डा. हर्षवर्धनको प्रतिक्रिया ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top