व्यापार घाटा छ खर्ब नाघ्यो

८ माघ ७७, शुक्रबार

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५।८० प्रतिशतले कम हो । अघिल्लो पुससम्म यस्तो घाटा छ खर्ब ३७ अर्ब नाघेको थियो ।

त्यस्तै आयात ४.८१ प्रतिशतले घटेको देखिन्छ । केही महिनाअघि गत आवको तुलनामा १५ प्रतिशतभन्दा बढीले घटेको आयात पछिल्लो समय भने बढिरहेको छ । निर्यात ६.१४ प्रतिशतले बढेको छ तर यो वृद्धिदर भने घट्दो छ । पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको आकार सात खर्ब २२ अर्ब पुगेको छ । गत आवको पुसको तुलनामा यो ३.९८ प्रतिशतले कम हो । कुल व्यापारमा आयातको हिस्सा ९१.५८ प्रतिशत पुगेको छ भने ८.४२ प्रतिशत निर्यातको हिस्सा छ ।

Advertisement

व्यापार साझेदारको हिसाबले भारत सबैभन्दा अगाडि छ । भारतबाट नेपालले चार खर्ब ३८ अर्ब रुपियाँको आयात गर्दा ४३ अर्ब ५२ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट ९६ अर्ब रुपियाँको आयात हुँदा ५० करोड ७८ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपियाँको आयात हुँदा चार लाख २५ हजार रुपियाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपियाँको फलाम तथा स्टिल, २० अर्ब रुपियाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब तीन करोडको एलपीजी ग्यास आयात भएको देखिन्छ ।

Advertisement

निर्यात हुने सूचीमा भटमासको तेल सबैभन्दा माथि छ । पुससम्म नेपालबाट १७ अर्ब रुपियाँको भटमासको तेल निर्यात भएको छ । त्यसपछि तीन अर्ब ७८ करोडको अलैँची, दुई अर्ब ५२ करोडको कालो चिया, एक अर्ब ८८ करोडको गलैँचा निर्यात भएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top