प्रचण्ड–नेपाल समूहको राजधानीमा शक्ति प्रदर्शन (तस्बिरसहित)

प्रचण्ड–नेपाल समूहको राजधानीमा शक्ति प्रदर्शन (तस्बिरसहित)

९ माघ, काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् ।

स्थायी कमिटी सदस्यहरूले ¥यालीको नेतृत्व गरेका छन् ।

पार्टी नेता, कार्यकर्ता, जनवर्गीय संगठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोध सभामा परिणत हुने नेकपाले जनाएको छ।

राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराई लगायतले गरेका छन् ।

जुलुसमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति छ।

संसद विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.