×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

१० माघ २०७७

काठमाडौं : सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार तयार पारेको सरकारको वार्षिक प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने कार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६-७७ मा सरकाबाट भएका कार्य तथा प्राप्त उपलब्धि र शासकीय सुधार एवं सुशासन सम्बन्धमा भएका कार्य समेटेर तयार पारिएको सो प्रतिवेदनमा राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयन कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

Advertisement

प्रतिवेदनअनुसार राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीतिहरूको कार्यान्वयनबाट नीतिगत तथा कानुनी क्षेत्रमा व्यापक सुधार भएको छ । यसैगरी सोही अवधिमा सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नावी, कुटी, गुन्जीलगायत कालीनदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरिएको छ । नेपालको संविधानको दोस्रो संशोधनबाट नेपालको अद्यावधिक नक्सा र निशान छापसमेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनका अनुसार गत एक वर्षमा मात्रै सीमा सुरक्षा र व्यवस्थापन गर्ने उद्देश्यले नेपाल–भारत सीमामा ४१० वटा नयाँ सीमास्तम्भ निर्माण गरिएको छ । त्यसैगरी भत्किएको अवस्थामा रहेका ६५ वटा सीमास्तम्भको मर्मत गरिएको छ । यस्तै सीमा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टको संख्या पनि ३६ वटा थप भई कुल १४३ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा केन्द्रीय स्तरमा एकीकृत रणनीतिक सुरक्षा योजना स्वीकृत भएको छ भने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि आवश्यक गृहकार्य थालिएको छ ।

प्रतिवेदनमा विगत एक वर्षमा देशको शान्ति सुरक्षाको अवस्था थप सुदृढ भएको जनाइएको छ । जसअनुसार दैनिक परिचालन, गस्ती जस्ता क्रियाकलापमा नेपाल प्रहरीको भौतिक उपस्थिति दर १७.८९ प्रतिशतले वृद्धि भएको छ । प्रतिप्रहरी र जनताबीचको अनुपात ३ सय ८० पुगेको छ । सो अवधिमा १ हजार ९७५ जना फरार अभियुक्तहरू पक्राउ गरिएको छ भने विभिन्न प्रकृतिका ४१ हजार ८९८ वटा मुद्दा दर्ता गरी अपराध अनुसन्धान कार्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।

विकास सम्बन्धमा पनि सरकारले समुन्नत मुलुकका रूपमा स्थापित हुने लक्ष्यका साथ १५औं योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । सोही अवधिमा राष्ट्रिय योजना आयोगमा आयोजना बैंक स्थापना गरिएको छ । हालसम्म करिब ६ हजार ५ सय आयोजना बैंकमा प्रविष्ट भएका छन् ।

Advertisement

सरकारको प्रतिवेदनअनुसार सो अवधिमा थप ९७९ किमि सडक कालोपत्रे स्तरमा र ७५७ किमि सडक खण्डास्मित स्तरमा स्तरोन्नति गरिएको छ । ३ सय ५२ किमि कालोपत्रे सडक पुनर्निर्माण तथा पुनस्र्थापना गरिएको छ । साथै नयाँ ट्र्याक ३६५ किमि, ग्राभेल सडक १०५ किमि र कच्ची ग्रामीण सडक ३५.५१ किमि निर्माण गरिएको छ । यसै अवधिमा २१८ वटा पुल निर्माण गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top