स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा

१० माघ ७७, आइतबार

११ माघ, सिमकोट ।
हुम्लाको सर्केगाड गाउँपालिका– ६ मा रहेको बराई स्वास्थ्य चौकी दुई महिना देखि स्वास्थ्यकर्मी विहीन बनेको छ।

Advertisement

सात जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा हाल एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्।

गएको मंसिर १५ गते देखि स्वास्थ्यकर्मी कोही पनि नहुँदा एकजना कार्यालय सहयोगी मान बहादुर रोकायाको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्थानीय बासिन्दा धानकली रोकायाले बताइन्।

Advertisement

बराई गाउँका स्थानीयहरु बिरामी हुँदा घण्टौँ हिँडेर उपचारका लागि आउने गरे पनि सर्केगाड स्वास्थ्य चौकीबाट रित्तै फर्कने गरेका छन्।

आँखामा समस्या भएर उपचारका लागि स्वास्थ्यचौकी पुग्दा कार्यालय सहयोगी बाहेक कसैलाई नभेटेपछि रित्तै फर्केको स्थानीय राना बुढाले गुनासो गरे।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top