दिनभरका प्रमुख खबर

११ माघ २०७७, आइतबार
Share this
718shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(अदालतमा ‘तमासा’ !)
प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश /अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको विषय अदालतमा उठेपछि बाहिर भइरहेको कुराबारे चर्चा नगर्न प्रधानन्यायाधीशको आग्रह ।
२.(महँगो हँुदै बोली)
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस /प्रधानमन्त्रीबाट बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन भएकाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने नेपाल बार एसोसिएसनका चार पूर्वअध्यक्षहरूको भनाई ।

३.(शासकको परिभाषा)
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्टोक्ति/कसैलाई अभिभावकविहीन बन्न नदिने प्रतिबद्धता ।

Advertisement

४.(अविश्वासको अभिब्यक्ति)
कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने कांग्रेस नेता रामचन्द्र पौडेलको भनाई/सर्वोच्चमा सेटिङ गर्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछन् भन्ने प्रश्न/अदालतलाई केही भन्नु हुँदैन भनेर जनतालाई धोका दिन नहुने तर्क ।

५.(पुनस्र्थापनाले पनि नहुने)
संसद पुनस्र्थापना भएपनि सत्तारुढ नेकपाको कारण समस्या समाधान नहुने जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको भनाई /संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उपेन्द्र यादवको तर्क ।

Advertisement

६.(सतहमै संक्रमण)
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो /आज थप २७० जना संक्रमण पुष्टि हुँदा ४०३ संक्रमणमुक्त भई डिस्चार्ज /देशभर सक्रिय संक्रमितको संख्या ३३१२ पुग्यो ।

७.(खोप दिने मिति)
माघ १४ गते बुधबार विहान १० बजेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने / प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने /पहिलो चरणमा फ्रन्टलाइनमा रहेर काम गरिरहेकाहरुलाई दिइने ।

८.(गाँसमाथि धावा ?)
कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुको प्रदर्शन/सरकारले प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गाँस खोस्न खोजेको आरोप ।

९.(प्रविधि मैत्री भन्सार)
कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने कृषि मन्त्री पद्माकुमारी अर्यालको भनाई/प्रविधिमा रुचि भएका दक्ष कर्मचारीहरुलाई सम्बन्धित निकायमा राख्ने योजना ।

१०.(मेलम्ची अब फागुनमा)
खानेपानी मन्त्री मणिचन्द्र थापाद्वारा मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन /सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम सुरु गरिने ।

११.(जेठमा जनगणना)
राष्ट्रिय जनगणना, २०७८ का लागि गणक र सुपरिवेक्षकका लागि ४७ हजार दरखास्त आव्हान / जनशक्ति अपुग भएमा शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने÷बाह्रौ जनगणना २०७८ जेठ देखि हुने ।

१२.(ऋणी नेपाली)
मङ्सिरसम्ममा नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब बढी पुग्यो/पाँच महिनामा ४४ अर्ब भुक्तानी /हरेक नेपालीको भागमा ४६ हजार रुपैयाँ ऋण रहेको अर्थ मनत्रालयको तथ्याङ ।

१३.(म्यानपावर आन्दोलित)
व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको लगायतका १७ बुँदे माग राख्दै म्यानपावर व्यवसायीहरु आन्दोलित /माग सम्बोधन नभए तालाबन्दी देखि देश नै ठप्प पार्ने चेतावनी ।

१४.(क्रिकेट र फुटबल)
राष्ट्रिय महिला लिगमा एपिएफले विराटनगरलाई ७–० ले हराउँदा आर्मीले पनि वालिङलाई ७–० ले नै हरायो /प्रधानमन्त्री क्रिकेट कपमा लुम्बिनी र बागमती प्रदेश बराबरीमा रोकिँदा सुदूरपश्चिमद्वारा प्रदेश दुई ३ विकेटले पराजित ।

र,

१५.(भारतमा थ्रेट)
भारतको राजधानी दिल्लीसहित अयोध्या र बोधगयामा आतंकवादी आक्रमणको सूचना पाएपछि सुरक्षा सतर्कता बढाइयो /रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top