×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल–चीन व्यापारमा अवरोध

१२ माघ २०७७

काठमाडौं : २०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रूपमा सञ्चालनमा आउन सकेका छैनन्। चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा ‘शून्य कोभिड’को नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन्। यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ।

Advertisement
Advertisement

महासंघका अध्यक्ष नरेश कटुवालले १५ महिनादेखि चीनले कुनै न कुनै बहानामा तातोपानी र रसुवा नाकामार्फत हुने आयात–निर्यात व्यापारमा अवरोध पु¥याएको बताए। ‘हामीले यो अवरोधलाई अघोषित नाकाबन्दीका रूपमा बुझ्नुपर्छ’, अध्यक्ष कटुवालले भने, ‘चीनको नीतिका कारण हामी व्यवसायी सडकमा आइपुग्यौँ। करोडौं घाटा व्यहोरिसक्यौँ।’

विभिन्न दलका नेता, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको व्यवसायीको गुनासो छ।

कटुवालका भूकम्पमा क्षतिग्रस्त बनेको मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि आंशिक रूपमा खोलिएको तातोपानी नाका विभिन्न बहानामा दर्जनौं पटक अवरुद्ध पारिएको छ। दैनिक सय कन्टेनर आउने उक्त नाका पुनः खुले पनि १० भन्दा बढी संख्यामा कन्टेनर नआएको व्यवसायीको भनाइ छ। तातोपानी नाका पटक–पटक अवरुद्ध भएका कारण व्यवसायीले वैकल्पिक मार्गका रूपमा केरुङ–रसुवागढी नाका प्रयोग गर्न थालेका हुन्।

Advertisement
Advertisement

‘तर, पछिल्लो समय केरुङ–रसुवागढी नाका पनि व्यवसायीका लागि अभिशाप नै बन्यो’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘नेपाली व्यवसायीको हकमा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध पारियो।’, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top