×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

स्थानीय तहका कर्मचारीको राजीनामा स्थानीय तहबाटै

१२ माघ २०७७

काठमाडौं : सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै गर्ने नयाँ व्यवस्था गरेको छ । कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तहमा समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा भएका कर्मचारीको राजीनामा स्वीकृत र अवकाशपत्रको स्वीकृत कार्यलाई सरलीकृत तथा पहुँच योग्य बनाउन सम्बन्धित तहबाट नै गर्ने निर्णय गरिएको मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले बताउनुभयो ।

Advertisement
Advertisement

अधिकृत न्यौपानेका अनुसार नया“ नियुक्ति भएका तथा समायोजन भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाट गर्ने र स्थानीय तहमा स्वीकृत गर्ने कर्मचारी नभए मात्र प्रदेशबाट गर्ने व्यवस्था गरिएको छ । त्यसै गरी गाउ“पालिकाका पाँचौं र छैटौं तहसम्मका कर्मचारीका लागि राजपत्रांकित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै गाउँपालिकाकै सातौं र आठौं तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्रांकित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेस गरी जिल्लाको राजपत्रांकित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था गरिएको छ ।

यस्तै नगरपालिकाको पाँचौंदेखि आठौं तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्रांकित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्रांकित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने छन् ।

Advertisement
Advertisement

यसैगरी उपमहानगरपालिका र महानगरपालिकाको नवौं र दशौं तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्रांकित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top