प्रतिनिधि सभा बैठक बोलाउन सभामुखलाई दबाब

१२ माघ, काठमाडौँ ।
अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा विघटनलाई अस्विकार गरी बैठक बोलाउन माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान र कानूनको आधार विना नै सरकार प्रमुखले प्रतिनिधि सभा विघटन गर्नु प्रकृतिक रुपमा नै अमान्य र अस्विकार्य भएको भन्दै त्यसलाई अस्विकार गरी प्रतिनिधि सभाको बैठक बोलाउन माग गर्दै अन्तरपार्टी महिला सञ्जालले सोमबार सभामुख सापकोटालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर सञ्जालका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । सञ्जालका प्रतिनिधिहरुले विधिको शासन, लोकतन्त्रको रक्षा र सम्भावित द्धन्द्धको सम्भावनालाई रोक्न असल नियतले आवश्यकताको सिद्धान्त अनुसार जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने प्रमुख संस्थाको नेतृत्वकर्ताको हैसियतले प्रतिनिधि सभाको उक्त विघटनलाई अस्विकार गरी यथाशिघ्र प्रतिनिधि सभाको बैठक बोलाई संसदको नियमित कारबाही सञ्चालन गर्न माग गरेका छन् ।

Advertisement

प्रतिनिधि सभा विघटन सम्बन्धी प्रावधान वर्तमान संविधानमा नभएकोले सभामुखले आफ्नो विशेष अधिकार प्रयोग गरी प्रतिनिधि सभा सूचारु गर्न सक्ने पनि उनीहरुको भनाई छ । संवैधानिक र कानूनी आधार विना गरिएको विघटनको निर्णय सबै प्रतिनिधि सभा सदस्यहरुलाई अमान्य रहेको पनि सञ्जालका प्रतिनिधिहरुले बताएका छन् । यस सम्बन्धमा सभामुख सापकोटाले आफूले अध्ययन गरिरहेको प्रतिक्रिया दिनुभएको सञ्जालका प्रतिनिधिहरुले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top