प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैं अदालत आएर जवाफ दिन सर्वोच्चको आदेश

१५ माघ ७७, बिहीबार
Share this
740shares

१५ माघ, काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै दर्ता भएको मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन आदेश दिएको छ ।

Advertisement

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो।

सोही इजलासले पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित हुन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।

Advertisement

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको ढकालले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top