जीर्ण बन्दै उमाकुण्डः सुक्न थाल्यो पानीको स्रोत

२३ माघ ७७, शनिबार

२३ माघ, काठमाडौँ ।
पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ । वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गर्नुभएकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ ।

उमाकुण्डको उत्तरतिरको भाग बग्दै गएपनि यसको संरक्षण हुन नसकेको नित्य यज्ञ गर्न भागवत सन्यास आश्रम एवं गुरुकुलबाट खटिनुभएका ब्राह्मण कमल गौतमले जानकारी दिए । “उमाकुण्ड संरक्षण एवं जीर्णोद्धारका लागि विसं २०७५ देखि तीन वर्षको अवधिमा पशुपति क्षेत्र विकास कोषमा पाँच वटा निवेदन मैले नै दर्ता गरिसकेँ, काम भएन, गत असारमा पनि पहिरो गयो, हामीले नै पर्खाल लगाएर टेको दिएका छौँ”उनले भने ।

पशुपतिनाथको मूल मन्दिरको वायव्य कोणमा रहेको उमाकुण्ड शिव पाञ्चायन अनुसार निर्माण भएको विश्वास गरिन्छ । पुरातात्विक महत्वको उमाकुण्डमा वास्तु विपरीत इशान कोणमा शौचालय निर्माण गरिएको छ । इशान कोणमा निर्माण गरिएको शौचालय पनि जीर्ण बनेको छ । तीन वटा शौचालयमध्ये दुईवटा जीर्ण भएर छिर्न नसकिने भएपछि बन्द गरिएको छ ।

Advertisement

एउटा शौचालय भने उमाकुण्डमा विसं २०१६ देखि विधिवित् यज्ञ सञ्चालन गर्दै आएको स्वर्गद्वारी आश्रमको सक्रियतामा निर्माण गरेर सञ्चालन भइरहेको छ । उमाकुण्ड क्षेत्रमा यो बाहेक अरु शौचालय नभएकाले महाशिवरात्रि, साउन महिना, तीज, बाला चतुर्दशी लगायत लाखौँ भक्तजन आउने पर्वमा शौचालय खोज्ने भक्तजनको भीड लाग्छ ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा उमाकुण्ड पुनःनिर्माणको चरणमा रहेको बताउँछन् । आफुखुसी बनेका उमाकुण्डका धेरै संरचनाले पुरातात्विक महत्वको कुण्ड, शिवलिङ्ग ओझेलमा परेकाले एउटामात्र सत्तल बनाउने कोषको योजना छ । उमाकुण्ड क्षेत्रमा सार्वजनिक शौचालयसमेत बनाउने कोषको योजना रहेको जनाइएको छ ।रासस

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top