संघका अध्यक्ष पक्राउ गरिएको प्रति आपत्ति

२३ जेठ ७५, बिहीबार

विराटनगर,जेठ २४
सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरे नगर समितिले सरकारले सुनचाँदी व्यवसायीलाई हतोत्सायी बनाएको आरोप लगाएको छ ।

संघले बुधबार पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो लेनदेनको कारोवार मिलाउन धरान गएको बेला संघका नगर अध्यक्ष नरेशकुमार विश्वकर्मा घतानी र छोरा सुशान्तलाई पक्राउ गरिएको घटनाप्रति खेद ब्यक्त गरेको छ ।

यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन गरी घतानीलाई रिहाई गर्न माग गर्दै व्यवसायिलाई भयरहित वातावरणमा ब्यवसाय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top