सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

२३ जेठ ७५, बिहीबार

विराटनगर, जेठ २४
मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उनी शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top