सुनसरीको देवानगञ्जमा बस दुर्घटना, सात जना घाइते

२४ जेठ ७५, बिहीबार
Share this
733shares

सुनसरी, जेठ २४

Advertisement

सुनसरीको देवानगन्ज गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार सात जना यात्रु सामान्य घाइते भएका छन्।

देवानगन्जबाट बिराटनगर आउँदै गरेको को १ ख ३६५७ नम्बरको बस बुधबार मध्यान्ह १२ बजेतिर देवानगञ्ज नगरपालिका ६ स्थित राजगञ्जसिनुवारीमा पल्टिएको थियो।

Advertisement

घटनास्थलमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरीको टोली खटिगई घाइतेहरुलाई उपचारका लागी विराटनगर नोबेल अस्पताल पठाइएको छ।

यता कोशी राजमार्ग अन्तरगत ईटहरी उपमहानगरपालिका १३ मा ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको को १ च ९६२५ नं को म्याजिक भ्यानले को २ ह २३६ नम्बरको सिटीसफारीलाई पछाडीबाट ठक्कर दिंदा सुनसरी दुहवी नगरपालिका ३ बस्ने ४० वर्षीय रुद्र मण्डल घाइते भएका छन।

Advertisement

उनलाई उपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने दुबै सवारी साधनका चालकहरु प्रहरी चौकी खनारको नियन्त्रणमा रहेका छन

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top