जाजरकाेटमा एकवर्षमा ३० जनाकाे लडेर मृत्यु

२४ जेठ ७५, बिहीबार
Share this
765shares

जाजरकोट, जेठ २४

Advertisement

अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् ।

एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

Advertisement

अन्य दूरदराज ठाउँमा भएका घटनाको बारेमा थाहा नहुँदा कतिको अकालमा मृत्यु हुन्छ भन्ने थाहा नै नहुने गरेको छ । जाजरकोटमा हिँड्दाहिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दाहिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयसँग पैदलयात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ । खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाको शव परीक्षण गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो ।

Advertisement

जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम शाही भने ।

उनले भने, “माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ, तल सुसाउने खोला र नदी, हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग गर्छ ।” महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यो बाटो हिँड्न निकै सकस खेप्नुपर्छ । जुनिचाँदे जाने बाटोमा भिरबाट खसेर तथा ढुंगा लागेर पाँचजनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन ।

गाडी नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा मानिस मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।

जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ । नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने क्रममा पुरानोबाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिस भीरको बाटोमा हिँड्न बाध्य भएको शाहीले बताए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top