×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै

२७ माघ २०७७

२७ माघ, नवलपुर ।
दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७–७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ ।

Advertisement
Advertisement

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरि एक हजार ४४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।

‘हामीले नयाँ घाँसे मैदान निर्माणका लागि बोलपत्र माग गर्दा तोकिएको रकमभन्दा ४२ प्रतिशत कम रकममा बोलपत्र परेको छ’, अधिकारीले भने, ‘अहिले एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माणको काम भइरहेको छ, त्यो बोलपत्रबाट बचेको बाँकी रकमले पुनः एक हजार ४५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान व्यवस्थापन गर्नेगरी बोलपत्र प्रक्रियामा गएका छौँ ।’

अधिकारीले पछिल्लो बोलपत्रको काम पनि यसै आर्थिक वर्षमा सक्ने गरी हुने भन्दै यस वर्ष निकुञ्जले दुई हजार ८८ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान निर्माण गर्ने जानकारी दिए ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हामीलाई नयाँ घाँसे मैदान निर्माणका लागि रु तीन करोड ५० लाख आएको थियो’, अधिकारीले भने, ‘सुरुको बोलपत्रबाट आधा रकम बचत भएपछि पुनः बोलपत्र गरेर थप क्षेत्रफलमा घाँसे मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।’

निकुञ्जले ४०० हेक्टर क्षेत्रफलमा पुरानो घाँसे मैदान व्यवस्थापनका लागि एक करोड बजेट पाएको थियो । निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसे मैदानको रूपमा लिइन्छ ।

निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसे मैदान रहेको छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्ञजका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

निकुञ्जका जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसे मैदानले ठूलो भूमिका खेल्ने बरालको भनाइ छ ।

‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसे मैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्’, बरालले भने, ‘निकुञ्जको घाँसे मैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।’

निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारका कारण घाँसे मैदानको क्षेत्रफल साँघुरिँदै गएको बरालले बताए ।

‘वनमारासहित झाडी प्रजाति असारे, बेतघारे, बिलाउनेघारी घाँसे मैदानमा अनियन्त्रितरूपमा कोलोनी बनाइ बढेको देखिन्छ’, बरालले भने, ‘यी प्रजातिका झार मासेर घाँसे मैदान निर्माणको काम अगाडि बढाएका छौँ ।’

निकुञ्जभित्रको घाँसे मैदानमा हुर्किएका रुख प्रजातिसमेत घाँसे मैदान संरक्षणमा चुनौती हुने उनले बताए । सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण तथा घाँसे मैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको हो ।

निकुञ्जले यस आव २०७७–७८ मा सुखीभार, लामिताल पश्चिम खण्ड, खरमुजुर फाँटा, घटगाईं कछुवानी, डुमरिया, बोटेसिमरा, खोरियामुहान र पदमपुरलगायत ३० स्थानमा घाँसे मैदान बिस्तारको काम गरिरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

उनका अनुसार पुरानो १५ स्थानमा समेत घाँसे मैदान व्यवस्थापनको काम हुँदैछ । घाँसे मैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस–ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रुख हटाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउनेजस्ता काम हुने बरालले बताए ।

घाँसे मैदान व्यवस्थापनपछि निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम घट्ने निकुञ्जको विश्वास रहेको छ । यस वर्षको सात महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणले २३ गैँडाको मृत्यु भइसकेको छ ।

Advertisement

सन् २०१५ मा भएको गैँडा गणनाअनुसार नेपालमा रहेका ६४५ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ छन् ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top