पाँच लेखक पुरस्कृत

७ फागुन ७७, शनिबार

८ फागुन, बागलुङ ।
रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ।

गुठीले हरेक दुई-दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन्।

निबन्ध कृति ‘भौज्याहा’का लागि उनी पुरस्कृत भएका हुन्। म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन्। यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा प्रमोद ढकालले प्राप्त गरेका छन्।

Advertisement

रु २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उहाँलाई प्रदान गरिएको गुठीले जनाएको छ। गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ।

उपन्यास कृति ‘फुर्लुङ’का लागि उनी पुरस्कृत भएका हुन्। पुरस्कारको राशि रु १५ हजार रहेको छ। गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गरेका छन्।

Advertisement

‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत भएका हुन्। सो पुरस्कारको राशि रु २५ हजार रहेको छ। यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ।

उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत भएका ह्न। उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक-संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका थिए। पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राखेका थिए।

नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक÷संरक्षक छोटाले बताए। पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्।

साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका थिए।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top