×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

१३ फाल्गुन २०७७

१३ फागुन, काठमाडौँ ।

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ ।

Advertisement
Advertisement

मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति शालिनदी लगिन्छ । अरु बेला मूर्ति ल्हासाबाट ल्याउने परिवारका सदस्यको घरमा राख्ने प्रचलन छ । एकादशीको दिनभर भीमसेनको व्रत हुने हुँदा सामान्य पूजाआजा हुन्छ ।

द्वादशीको बिहान सबेरैदेखि बलिसहित पूजा गरिन्छ । द्वादशीको राति जात्रा सकिएपछि पूजाआजा गरी फेरि बलि दिएर राजभाई श्रेष्ठको घरमा लगी राखिन्छ । भीमसेन देवताको मूर्ति श्रेष्ठ परिवारले करिब डेढ वर्ष पहिले ल्हासाबाट ल्याएको भनाइ छ ।

ल्हासाबाट सामान ल्याउँदासँगै आएको विश्वास गरिने भीमसेनको जात्रा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा जारी माधवनारायणको व्रत एवं मेलाका बेला धेरै भीड भएकाले जात्रा चलाउन करिब डेढ सय वर्षअघि नै शुरु भएको हुनसक्ने साँखु क्षेत्रको इतिहासका विषयमा खोजी गरिरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ बताउँछन् ।

राजभाइका पिता शेरबहादुर र बाजेहरु सिगात्सेको थकाली अर्थात् कर उठाउने व्यक्तिका रूपमा काम गर्नुहुन्थ्यो । त्यसैक्रममा चीनबाट सामान ल्याउने क्रममा भीमसेनको मूर्ति पनि साँखु आएको विश्वास गरिन्छ ।

ल्हासाबाट खासा हुँदै साँखुमा सामान ल्याउँदा त्यसभित्र मूर्ति भेटिएको भनाइ रहिआएको छ । यसैले समापनका दिन विशेषगरी व्यापारीले बलि दिई भीमसेनको पूजा आराधना गर्छन् ।

एकादशीका दिन माधवनारायणका बर्तालु चाँगुनारायण मन्दिर गएर त्यहाँ तीर्थयात्राको विधि पूरा गरी फर्किएर खाना खाएपछि यो जात्रा शुरु हुने गरेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताए । भीमसेनको विधिपूर्वक पूजा आराधनासहित जात्रा गरेमा व्यापार व्यवसाय फस्टाउने विश्वाससमेत साँखुवासीमा छ । माधवनारायणको व्रत र मेला चलिरहेका बेला जात्रा गर्दा बाहिरबाट आउने धेरैले यो जात्रा हेर्छन् ।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।

कोरोना महामारी भए पनि शालिनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिनाहिच्किचाहट शालिनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरूपमा भक्तजन शालिनदीमा आएको समितिले जनाएको छ ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

साँखु एवं शालिनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालिनदीमा माधवनारायण व्रत हुने गरेको छ ।

Advertisement

शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् । यस वर्ष माघ शुक्ल पूर्णिमाका दिन फागुन १५ गतेसम्म शालीनदीमा माधवनारायण व्रत हुने छ । माधवनारायण मेला पनि त्यसै दिनसम्मे चल्ने समितिले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top