फेसबुक र गुललले समाचार सामग्रीका लागि पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून पारित

१२ फागुन ७७, बिहीबार

१३ फागुन, एजेन्सी ।
अस्ट्रेलियाले फेसबुक र गुललले समाचार सामग्रीका लागि पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून पारित गरेको छ ।

तर अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्। गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो।

तर तीव्र आलोचना भएपछि सरकारसँगको वार्ता गरेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । वार्तापछि संशोधनसहित कानून पारित गरेको हो । संशोधन अनुसार फेसबुक र गुगल केही नियमबाट छुट पाउन सक्ने छन् ।

Advertisement

तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरुलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् । अस्ट्रेलियाको नयाँ कानूनलाई विश्वका अरु देशमा यस्तै कानून बनाउने सम्भावनाको परीक्षणका रुपमा लिइएको छ।

संशोधित कानून अस्ट्रेलियाको तल्लो सदनबाट बिहीबार पारित भयो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top