×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

हेमबहादुर मल्ल सम्मानबाट डा दास सम्मानित

१४ फाल्गुन २०७७

१४ फागुन, काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको उक्त रु दुई लाख राशीको सम्मान दासलाई बिहीबार प्रदान गरिएको हो ।

Advertisement
Advertisement

विसं १९८२ असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिन्छन् । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा बिएससी र एमबिबिएस गरेका उनले वेल्स नेशनल स्कूल अफ मेडिसिनबाट क्षयरोगमा डिप्लोमा गरेका थिए ।

विसं २००९ देखि वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका दास विसं २०२४ मा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृतसमेत भएका थिए । डा दासले १९७५–१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्वस्वास्थ्य सङ्गठनमा आबद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजनातर्जुमा गरेका थिए ।

उनी २०३५ देखि २०४७ सालसम्म लोकसेवा आयोग र विसं २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य रहेका थिए । गोरखा दक्षिण बाहुलगायत विभिन्न सम्मानबाट विभूषित भएका दास नेपाल रेडक्रस सोसाइटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिविहीन कल्याण सङ्घ, बिपी आई फाउण्डेसन, टिबी तथा छाती रोग विशेषज्ञ चिकित्सक सङ्घ, नेपाल क्षयरोग निवारण सङ्घ र नेपाल मेडिकल सङ्घलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भएका थिए ।

पछिल्लो समय डा दास नेपालका ज्येष्ठ नागरिकको हकअधिकारको संरक्षण र सशक्तीकरणमा संलग्न छन् । नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशनबीचको समझदारीबाट २०५९ सालमा हेमबहादुर मल्ल सम्मानको स्थापना भएको हो । विसं १९९५ मा बागलुङको ढोरपाटनमा जन्मिएका मल्ल २०२० सालमा साल्ट ट्रेडि¬ङमा प्रवेश गरेका थिए । उनले करीब २५ वर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकका रुपमा काम गरेका थिए । इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ मल्ललाई नमूना प्रशासकका रुपमा लिने गरिन्छ । उहाँकै स्मरणमा हेमबहादुर मल्ला सम्मानको स्थापना गरिएको हो । मल्लको २०५७ सालमा निधन भएको थियो ।

उक्त पुरस्कारबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, प्राडा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा सन्दुक रुइत सम्मानित भइसकेका छन् ।

Advertisement

कार्यक्रममा साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला अर्यालले चिकित्सा र समाजसेवामा डा दासको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बहुमुखी प्रतिभाका धनी, समाजसेवी, कुशल व्यवस्थापकका रुपमालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले साल्ट ट्रेडिङलाई आजको स्थानमा ल्याउन स्व मल्लले अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गरे । सो अवसरमा उनले सम्मानित व्यक्तित्व डा दासलाई सङ्घको प्रतीक चिह्न प्रदान गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top