आफ्नै गाउँमा बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

१५ फागुन ७७, आइतबार

१५ फागुन, पर्सा ।

हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ ।

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ ।

Advertisement

बर्थिङ सेन्टरको अभावमा सुत्केरी ब्यथाबाट छटपटाइरहेका सुदूर ग्रामीण क्षेत्रका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकामा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिला यो समस्याबाट निदान पाएको वडा नं ५ का वडाध्यक्ष केदार सहनी बताए। उनले भने, “आफ्नै गाउँ जयमङ्गलपुरमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका सुत्केरी गराउने महिलाले नयाँ जीवन पाएका छन् ।”

योसमेत गरी वडा नं ३ जयमङ्गलपुर, वडा नं ४ तुल्सी बर्वा र वडा नं २ टिहुकी सेढा गरी सो गाउँपालिकामा तीन बर्थिङ सेन्टर रहेका छन् । उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० जनासुत्केरी गराउन आउने गरेका बताइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top