अस्ट्रेलियामा हिमालयन रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका टीका कार्की मृत फेला

अस्ट्रेलियामा हिमालयन रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका टीका कार्की मृत फेला

१७ फागुन, विराटनगर ।
अस्ट्रेलियामा रहेर पत्रकारिता गर्दै आएका नेपाली पत्रकार टीका कार्की मृत फेला परेका छन् ।

सिड्नीस्थित डलविच हिलमा बस्ने कार्की गत शनिबार मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्युको कारणबारे अहिलेसम्म थाहा हुन सकेको छैन ।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारणबारे थाहा हुने सिड्नी प्रहरीलाई उद्धृत गर्दै कार्कीका आफन्तले बताएका छन् । बागलुङका कार्की सन् १९९६ सालदेखी अस्ट्रेलिया बस्दै आएका थिए ।

सन् २०१० देखि उनले त्यहाँ रहेर ‘स्किड रो रेडियो’मा नेपाली कार्यक्रम हिमालयन रेडियो सञ्चालन गर्न थाले । त्यसयता उनी सञ्चारकर्मसँगै सामाजिक कार्यमा सक्रिय थिए । उनका श्रीमती र दुई छोरा छन् । उनको परिवार भने नेपालमै छ ।

अस्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूको संगठन अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एसोसिएसन (एन्जा)ले कार्कीको निधनप्रति दुःख गरेको छ ।

कार्कीको निधनले अस्ट्रेलियामा बस्ने नेपालीहरूलाई अपूरणीय क्षति भएको एन्जाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.