ताप्लेजुङ आगलागीः कम्तिमा ४० घर जलेर नष्ट, आगो अझै आएन नियन्त्रणमा

ताप्लेजुङ आगलागीः कम्तिमा ४० घर जलेर नष्ट, आगो अझै आएन नियन्त्रणमा

१८ फागुन, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन् ।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन्। यो संख्या बढ्न सक्ने उनको भनाइ छ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।

‘अहिलेसम्म कम्तिमा ४० घर पूर्ण रूपमा जलेको सुरक्षा निकायको अनुमान छ’, उनले भनिन् ‘अहिले चाहिँ फैलिने क्रम रोकिएको छ। नियन्त्रण उन्मुख भएको आगो पूरै नियन्त्रणमा चाहिँ आइसकेको छैन।’

अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताउँदै उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी दिइन्।

सहायक प्रजिअका अनुसार आगलागीको घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.