×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताप्लेजुङमा किन भइरहन्छ आगलागीका ठूला घटना ?

१९ फाल्गुन २०७७

१९ फागुन, काठमाडौँ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए।

ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन्। माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले। पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो। जसमा १ सय ५० हेक्टर वन नष्ट भएको थियो। मन्दिरसमेत जोखिममा पारेको थियो। फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले। २८ परिवार विस्थापित भए। त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन्।

Advertisement
Advertisement

‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो’, फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं। यस विषयमा गम्भीर बहस आवश्यक छ।’

यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए। वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो। त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ। त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए। जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा पाँच घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो।

Advertisement

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top