नेकपालाई टुटाउने हो भने, कांग्रेस सरकारमा जानुपर्छः शशांक कोइराला

Share this
659shares

१९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

Advertisement

उनले चितवनमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानको अर्थ नहुने बताए।

Advertisement

प्रतिनिधिसभाका सदस्य कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

उनले सबभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।

Advertisement

फरक प्रसङ्गमा महामन्त्री कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरू हुने जनाउँदै अब भने मिति नसर्ने बताए। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top