दक्षिण सुडानमा विमान दुर्घटनाः दश जनाको घटनास्थलमै मृत्यु

१८ फागुन ७७, बुधबार

१९ फागुन, एजेन्सी ।
दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परि चालक दलका दुई सदस्यसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्‌।

Advertisement

उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन्‌।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top