देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

२० फागुन, काठमाडौँ । आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।

उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने मौसमविद् शाक्यले बताइन् ।

आज काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बद्ली हुने मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.