×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वामदेव गौतमले कोरोना खोप लगाएपछि के भने ?

२० फाल्गुन २०७७

२० फागुन, काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ ।

बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई विहिबार पनि खोप दिईएको छ ।

Advertisement
Advertisement

बिहिबार राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर ज्येष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताए । परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनको भनाई छ ।

उनले भने – ‘ज्येष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर । झन बलियो हुन, झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ । कसैले पनि चिन्ता गर्नु पर्दैन । कुनैपनि हालतमा लगाउनुपर्छ । हाम्रो समाजको सुरक्षाको निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ ।’

Advertisement

बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top