×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल एयरलाइन्सका चार पाइलटलाई उडानमा रोक

२० फाल्गुन २०७७

२० फागुन, काठमाडौँ । नेपाल एयरलाइन्सका चार जना पाइलटलाई उडानमा रोक लागेको छ।

नागरिक उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सका अपरेसन विभाग, सेफ्टी विभाग प्रमुखसहित चार जना पाइलटलाई उडानमा रोक लगाएको हो।

Advertisement
Advertisement

हेभी ल्यान्डिङ गरे पनि जानकारी नगराएको विषयलाई लिएर प्राधिकरणले छानबिन नसकिँदासम्म उक्त उडानमा भएका दुई क्याप्टेनलाई पनि उडानमा रोक लगाउने निर्णय गरेको हो।

प्राधिकरण निकट स्रोतका अनुसार उडान सुरक्षाजस्तो विषयमा गम्भीर लापरबाही देखिएको र सो विषयमा अहिले छानविन भइरहेकाले तत्कालका लागि उडानमा रोक लगाउने निर्णय गरिएको हो।

’हामीले सेफ्टी र अपरेसन प्रमुखलाई छानविन नसकिएसम्म उडानमा नराख्‍नु भनेर पत्र नै दिइसकेका छौं,’ प्राधिकरण निकट स्रोतले भन्यो।

प्राधिकरणले भेषराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

नेपाल एयरलाइन्सको सेफ्टी र अपरेसन विभाग प्रमुखको उडान लाइसेन्स नै ’सस्पेन्ड’ भएको यो पहिलो पटक हो। गत जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरको उडान काठमाडौंमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले एयरबसको सिस्टमबाट एक महिना पछि मात्र थाहा पाएको थियो।

नियमितभन्दा कठिन अवतरण वा उडान भएको जानकारी गराउनु पर्ने पाइलटको जिम्मेवारी भए पनि सो नगरेको भन्दै उडान दलका दुई जना क्याप्टेनलाई एक साताअघि नै उडानमा रोक लगाइएको थियो।

प्राधिकरणले उडान दलमा रहेका पाइलटहरू क्याप्टेन सुनिल श्रेष्ठ र महेशमान डंगोल, सेफ्टी प्रमुख राजु रौनियार र अपरेसन विभाग प्रमुख दिपु जहार्चनलाई तत्कालका लागि उडानमा रोक लगाएको छ।

Advertisement

छानविन समितिको प्रतिवेदनपछि प्राधिकरणले अध्ययन गरेर यसबारेमा थप निर्णय गर्ने छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top