ओली समूहको संसदीय दलको बैठक आज बस्दै, वामदेवलाई उत्तराधिकारी बनाउने संभावना

ओली समूहको संसदीय दलको बैठक आज बस्दै, वामदेवलाई उत्तराधिकारी बनाउने संभावना

२२ फागुन, काठमाडौँ ।
नेकपाको केपी ओली पक्षले आज दिउँसो तीन बजे बालुवाटारमा संसदीय दलको बैठक डाकेको छ ।

बैठकमा एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने दाबी गरिएको छ। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आइतबारको संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको र यो बैठकमा आफ्ना पक्षका एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने दाबी गरेका हुन्।

उनका अनुसार हालसम्म तठस्थ बसेको दाबी गर्दै आएका नेकपा उपाध्यक्ष वामदेव गौतम पनि यो बैठकमा सामेल हुने छन्। गौतम बिरामी भएको भन्दै शुक्रबार साँझ प्रधानमन्त्री ओलीले उनको निवास भैँसेपाटीमै गएर भेटेका थिए।

भैँसेपाटीमा ओलीसँगै संसदीय दलका उप नेता सुवास नेम्वाङ, ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालगायत नेताहरु पनि पुगेका थिए।

त्यसक्रममा ओलीले गौतमलाई आफूतिर आएर आफ्नो उत्तराधिकारी बनाउने प्रस्ताव गरेको चर्चासमेत भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.