फरार अभियुक्त पक्राउ

२८ जेठ ७५, सोमबार
Share this
698shares

उदयपुर, जेठ २८

Advertisement

कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौधरीलाई एक वर्षअघि नै जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दासम्बन्धी जेलसजायको फैसला गरिसकेको कारण अब जिल्ला कारागार उदयपुर पठाइन लागेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top