प्रधानमन्त्री कपको उपाधि एपीएफलाई,आर्मी ६ विकेटले पराजित

विराटनगर,जेठ २८
प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ ।

सोमबार काठमाडौँको कीर्तिपुर मैदानमा भएको फाईनल खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

कीर्तिपुर मैदानमा टस जित्दै पहिले ब्याटिङमा उत्रेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो

Advertisement

२१० रनको लक्ष्य पछ्याएको एपीएफलाई जित दिलाउन ओपनर अनिल कुमार शाहको ६३ रनको मद्दतले धेरै सहज बनाएको थियो ।

अर्का ओपनर ओपनर सुबास खकुरेल १२ रनको अवस्थामा घाइते भएर रिटायर्ड हट भएपछि क्रिजमा आएका प्रदीप ऐरीले पनि समान ६३ रनको गतिलो पारी खेले । प्रदीप र अनिलकुमारले जितको आधार खडा गर्दै पहिलो विकेटका लागि ११९ रनको साझेदारी गरे। शाहले ७२ बलमा ४ चौका र ३ छक्का र ऐरीले ९९ बलमा २ चौका र ३ छक्का हानेका थिए ।

Advertisement

एपीएफलाई मजबुत अवस्थामा र्पुयाएलगत्तै एक ओभरबीचमा दुवै ब्याट्सम्यान आउट भएपछि आएका पृथु बास्कोटा र रोहितकुमार पौडेलले टिमको पारी सम्हाल्दै २९ रनको साझेदारी गर े।

पौडेल १५ रनको अवस्थामा तेस्रो विकेटको रुपमा पेभेलियन फर्किने क्रममा बिनोद भण्डारीबाट क्याच आउट भए । चौथो विकेटका रुपमा पृथु बास्कोटा सोमपाल कामीको तेस्रो सिकार बने । उनले ३२ रनमा बिनोद भण्डारीलाई क्याच दिए ।

त्यसपछि अन्तिम क्रमका सुबास खकुरेलले अविजित रहँदै १४ र करण केसीले पनि अविजित रहँदै २१ रनको योगदान दिए ।

आर्मीका लागि भिम सार्कीले आफ्नो गतिलो प्रदर्शनलाई कायम राख्दै ४५ रनको पारी खेले। ४८ बलको सामना गरेका उनले २ चौका र २ छक्का पनि हाने । सार्कीले पाचौँ विकेटका लागि २७ रन बनाएका राजेश पुलामी मगरसँग मिलेर ६८ रनको साझेदारी गरे ।

पुलामी र सार्की आउट भएपछि आएका सोमपाल कामी र बिनोद भण्डारीले सातौँ विकेटका लागि ३९ बलमा गतिलो ६७ रनको साझेदारी गरे। कामीले ३६ रन बनाए ।

उनले त्यसक्रममा ३३ बलको सामना गर्दै एक चौका र दुई छक्का पनि हाने । भण्डारीले ३५ रन बनाउने क्रममा २५ बलको सामना गर्दै ४ चौका र १ छक्का हाने ।

एपीएफको तर्फबाट कसिलो बलिङ गर्दै करण केसीले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चिए । त्यस्तै भुवन कार्कीले २ विकेट लिए । उनले २४ रन खर्चिए । सबैभन्दा महंगो साबित बसन्त रेग्मीले समान २ विकेट लिँदै ६५ रन दिए ।

खेलको प्लेयर अफ द म्याच अनिल कुमार शाह बने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top