संखुवासभा ५४औँ खुला दिसामुक्त घोषित

२८ जेठ ७५, मंगलबार

संखुवासभा, जेठ २८

संखुवासभा जिल्ला ५४औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ ।

प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतमले आज संखुवासभामा सो घोषणा गर्दै शौचालय निर्माणसहित खानेपानी तथा सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरे ।

Advertisement

‘स्वास्थ्य, इज्जत प्रतिष्ठाका लागि सरसफाइ खुला दिसामुक्त क्षेत्र, संखुवासभा पूर्ण सरसफाइ हाम्रो आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, नेकपा जिल्ला प्रतिनिधि हेमराज घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति विपीनकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाइ विभागका कार्यकारी निर्देशक मीना श्रेष्ठलगायतका प्रतिनिधिको सहभागिता थियो ।

जिल्लामा पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top