कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज नेपाल आइपुग्ने

२३ फागुन, काठमाडौँ । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज नेपाल आइपुग्ने भएको छ ।

कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने भएको हो ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ । यसमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आउन लागेको हो ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो खेपअन्तर्गतको खोप आइपुग्ने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top