२३ फागुन, विराटनगर । शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।
झापा बुद्धशान्ति –३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर –८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी उदयपुर त्रियुगा –६ लालपत्ता स्थितबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक–१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन् ।
सुजित र महेशलाई लागुऔषध डाईजेपाम–३५ एम्पुल, लुपिजेसिक–३५ एम्पुल र फेनार्गन–३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।