प्रवीण बास्तोला मृत्यु प्रकरणसँग जोडिएका दुई फरार प्रतिवादी पक्राउ

Share this
746shares

२३ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Advertisement

घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । प्रहरीले रणपहेलीलाई बुटवलबाट पक्राउ गरेको हो ।

झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल भने झापाबाट पक्राउ परेका हुन् । दुई साताअघि पक्राउ परेका पौडेलविरुद्ध झापामा मोटरसाइकल चोरीको मुद्दामा अनुसन्धान जारी छ ।

Advertisement

हत्या आरोपमा कानेपोखरी गाउँपालिका–७ रमाइलो घर भई उर्लाबारीमा बस्दै आएका १९ वर्षीय सुदीप परियार, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जिल्ला अदालत मोरङको आदेश पछि थुनामा छन् ।

हत्या आरोपमा पक्राउ परेका उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी यसअघि धरौटी बुझाएर छुटिसकेका छन् ।

Advertisement

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले राईसँग तीन लाख र गिरीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । न्यायाधीश लामिछानेकै इजलासले परियार र दर्जीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । रणपहेलीलाई आइतबार जिल्ला अदालतमा पेस गरिएको छ ।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले हत्या भएको दाबी गर्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top