प्रचण्ड–माधव समूहले दिएको दलको नेता परिवर्तनको सूचना दर्ता गर्न सचिवालयद्वारा अस्वीकार

प्रचण्ड–माधव समूहले दिएको दलको नेता परिवर्तनको सूचना दर्ता गर्न सचिवालयद्वारा अस्वीकार

२३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।

प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।

महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।

उनीहरुले न्युनतम काम पनि नगर्ने भए महासचिव किन चाँहियो भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.