३ चैत्र, सुनसरी । सुनसरी धरान –५ देउरालीका ३५ बर्षीय किशोर बि.क.को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार राती ८ बजे धरान –१५ श्यामचौंक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा मध्यरात १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।