६ चैत्र, विराटनगर ।
नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्ने जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
शुक्रबार बिहान उनले ट्वीट गर्दै उनले यस्तो उल्लेख गरेका छन् । उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि भन्दै प्रश्न गरेका छन् ।
पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ । भट्टराईले ट्वीट गरेका छन्, नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ ।
अतः फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ? भट्टराईले ट्वीट गरेका छन् ।